• ४ असोज २०८३, आइतबार
  • १२ः३७ राती

सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न, १६% नगद लाभांश वितरण गर्ने निर्णय

प्रकाशित मिति

२०८२ आश्विन ३ गते, शुक्रबार ०७:०३

असोज ३, २०८२ काठमाडौं– सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वार्षिक साधारण सभा आश्विन ०२ गते कम्पनीको रजिष्ट्रर कार्यालय, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ । सभाले आ.व. २०८१-८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

National Life

सभामा प्रस्तुत अन्य प्रस्तावहरूमध्ये आ.व. २०८१-८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण—वासलात, नाफा–नोक्सानी, नगद प्रवाह विवरण आदिलाई सर्वसम्मतिले पारित गरिएको छ । साथै, आ.व. २०८२-८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसमेत गरिएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर), शेयर रजिष्ट्रार तथा डिम्याट खाता सञ्चालन जस्ता सेवाका लागि अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंकको सहायक कम्पनी हो । यसमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सहलगानी रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

संस्थाको अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् । राजधानी बाहिरका लगानीकर्ताले पनि पूँजीबजारमा सजिलै पहुँच पाउन सकून् भन्ने उद्देश्यले कम्पनीले सिटिजन्स बैंकका देशव्यापी शाखामार्फत पोर्टफोलियो म्यानेजमेन्ट सेवा उपलब्ध गराउँदै आएको छ । यसमार्फत लगानीकर्ताले अनुभवी तथा विज्ञ व्यवस्थापन समूहबाट प्रत्यक्ष सेवा लिइरहेका छन् ।

प्रतिकृया