जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको आज शवयात्रासहित अन्त्येष्टि
प्रकाशित मिति
२०८२ भाद्र ३१ गते, मंगलवार ०१:३७
काठमाडौं — जेनजी आन्दोलनमा ज्यान गुमाएका ७२ जनाको आज शवयात्रासहित अन्त्येष्टि गरिँदैछ। मृतकका परिवारका सदस्य र आफन्तहरूले त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा निकालेर चक्रपथ हुँदै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागेका हुन्।
शवयात्रामा सहभागीहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन्। कतिपयले ‘नि:सन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडाले शरीर छोपेका देखिएका छन्। सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने र असोज १ गतेलाई राष्ट्रिय शोकका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।
भ्रष्टाचार र सामाजिक सञ्जालमा प्रतिबन्धविरुद्धको आन्दोलन हिंसात्मक बनेपछि ७२ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा धेरैजसो गोली लागेका थिए भने कतिपयका शव आगोमा जलेको अवस्थामा फेला परेका थिए।






प्रतिकृया