• २ असोज २०८३, शुक्रबार
  • ७ः४६ बेलुका

एमालेले राजनीतिक प्रस्ताव तयारी समिति घोषणा, संयोजक भट्टराई

प्रकाशित मिति

२०८२ भाद्र २१ गते, शनिबार १०:३५

भदौ २१,२०८२ काठमाडौं – नेकपा (एमाले)ले दोस्रो विधान महाधिवेशनका लागि समसामयिक राजनीतिक प्रस्ताव तयार पार्न ७ सदस्यीय समिति गठन गरेको छ।

National Life

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिव योगेश भट्टराईको संयोजकत्वमा समिति घोषणा गरेका हुन्। समितिका सदस्यमा स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्य उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल रहेका छन्।

समितिले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र जनजीविकासम्बन्धी विषयमा महाधिवेशनको धारणा तय गर्ने संयोजक भट्टराईले जानकारी दिए। प्रस्ताव तयारीका लागि समितिको बैठक आजै बस्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

ललितपुरमा जारी विधान महाधिवेशनमा आज विभिन्न प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको एमालेले जनाएको छ।

प्रतिकृया