• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

प्रधानमन्त्री ओली भोलि संसदमा सम्बोधन गर्ने

प्रकाशित मिति

२०८२ भाद्र १२ गते, बिहीबार ०४:३०

भदौ १२,२०८२ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन्।

National Life

छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिँदै भने, “भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले पनि संसद्मा आएर सम्बोधन गर्ने भन्ने जानकारी गराउनुभएको छ।”

प्रधानमन्त्री ओलीको सम्बोधनको एजेन्डा के हुनेछ भन्ने विषयमा आधिकारिक जानकारी दिइएको छैन। तर, हालका राजनीतिक तथा आर्थिक परिस्थितिका सन्दर्भमा सरकारको दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया