• ४ साउन २०८३, सोमबार
  • २:१३ बिहान

योजना बैंकमा मूल्याङ्कनबिनै परियोजना समावेश, समस्या गहिरिँदै: अर्थमन्त्री पौडेल

प्रकाशित मिति

२०८२ भाद्र १२ गते, बिहीबार ०४:४०

भदौ १२,२०८२ काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजनाबद्ध विकासलाई सार्थक बनाउन विकासका आवश्यकता र प्राथमिकताअनुसार स्रोत परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।

पूर्व योजनाकारमञ्च नेपालले राजधानीमा आयोजना गरेको ‘नेपाललाई अल्पविकसितबाट विकासशील देशमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती’ विषयक सार्वजनिक नीति बहस कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालले पाँच दशकभन्दा लामो योजनाबद्ध विकासको यात्रा तय गर्दासमेत अपेक्षाअनुसार परिणाम दिन नसकेको बताए।

Kamana Sewa

“योजना निर्माण र बजेट विनियोजनलाई जोड्न सकेका छौँ कि छैनौँ भनेर गम्भीर समीक्षा गर्न जरुरी छ,” उनले भने, “योजना निर्माण गर्दा प्राथमिकतालाई ध्यान दिनुपर्छ।”

Classic Tech Desktop

उनका अनुसार लागत र प्रतिफलको मूल्याङ्कन नगरी योजना बैंकमा योजना समावेश गर्ने प्रवृत्तिले समस्याको सिर्जना गरेको छ। उनले वर्तमानमा स्थिर र शक्तिशाली सरकार रहेको सन्दर्भमा योजनालाई आवश्यकता र स्रोत व्यवस्थापनसँग जोडेर परिस्थिति अनुसार बजेट विनियोजन गर्न सकिने अवसर रहेको उल्लेख गरे।

साथै, तीन करोड रुपैयाँभन्दा साना योजना सङ्घीय सरकारले कार्यान्वयन नगर्ने निर्णय कार्यान्वयन गर्न कठिनाइ भएको उनले बताए। उनले नीति निर्माणमा अनौपचारिक अर्थतन्त्रको प्रभावसमेत ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै नेपाललाई ‘ग्रे लिष्ट’बाट हटाउन विशेष नीति आवश्यक रहेको स्पष्ट पारे।

प्रतिकृया