• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

फोहोर व्यवस्थापन एप सार्वजनिक, सफा र स्वस्थ वातावरणको सुरुवात डिजीटलबाट

प्रकाशित मिति

२०८२ भाद्र १२ गते, बिहीबार ०४:२५

भदौ २१,२०८२ काठमाडौं –  नेपाल टेक मार्केटले स्मार्ट प्रविधिको प्रयोगमार्फत फोहोर व्यवस्थापनको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। कम्पनीले प्रविधिमा आधारित आधुनिक र प्रयोगकर्ता–मैत्री प्रणाली विकास गरी शहरी फोहोर व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सजिलो बनाउने प्रयास गरेको छ।

नेपाल टेक मार्केटका प्रमुख प्राविधिक अधिकृत मङ्गल प्रधानका अनुसार, यो प्रणालीमा नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय ट्रेन्डहरूको समावेश गरिएको छ, जसले प्रणालीलाई थप स्मार्ट बनाएको छ। प्रणालीको उपयोगकर्ता अनुभव सहज र सुरक्षित बनाउने कुरामा विशेष ध्यान दिइएको उनले जानकारी दिए।

Kamana Sewa

प्रमुख व्यवसायिक अधिकृत सुष्मिता पौडेलका अनुसार, प्रयोगकर्ताहरूबाट यो प्रणालीले सकारात्मक प्रतिक्रिया पाइसकेको छ। “सिस्टमको सहज प्रयोग, डेटा पहुँच र प्रभावकारी व्यवस्थापन क्षमताले प्रयोगकर्ताहरूलाई आकर्षित गरिरहेको छ,” उनले भनिन्।

Classic Tech Desktop

यो प्रणाली मुख्यतः फोहोर व्यवस्थापनमा संलग्न संस्था, घरायसी उपभोक्ता, अस्पताल, होटल, विद्यालय, सरकारी कार्यालय लगायत फोहोर उत्पादन गर्ने तथा व्यवस्थापनमा संलग्न पक्षहरूका लागि लक्षित गरिएको छ। प्रणालीमार्फत फोहोर संकलन, वर्गीकरण, अनलाइन शुल्क भुक्तानी लगायतका सेवा सजिलै लिन सकिनेछ।

प्रणालीमा नगरपालिकाका लागि छुट्टै ड्यासबोर्ड उपलब्ध गराइएको छ, जसबाट उनीहरूले आफ्नो क्षेत्रमा फोहोर व्यवस्थापनसम्बन्धी गतिविधिहरूको निगरानी राख्न सक्नेछन्। साथै, फोहोर व्यवस्थापन कम्पनीहरू, संघ–संस्था र उपभोक्ताहरूबीच अन्तरसम्पर्कको सुविधा पनि यो प्रणालीले उपलब्ध गराएको छ।

नेपाल टेक मार्केट डटकमका सिइओ चिरञ्जीवी अधिकारीका अनुसार, यो प्रणाली कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगमार्फत थप प्रभावकारी बनाइएको छ। उनले भने, “हामीले यो प्रणाली ग्राहकको आवश्यकता र बजारको मागलाई मध्यनजर गरेर विकास गरेका हौं, जसले समाजमा सकारात्मक प्रभाव पार्नेछ।”

नेपाल टेक मार्केटले फोहोर व्यवस्थापन प्रणालीबाहेक पनि वेब तथा मोबाइल एप विकास, हार्डवेयर आपूर्ति, डोमेन दर्ता, वेब होस्टिङ, आईटी तालिम, अनुकूलित सफ्टवेयर विकास, वित्तीय व्यवस्थापन प्रणाली, र भुक्तानी गेटवे एकीकरण जस्ता सेवाहरू प्रदान गर्दै आएको छ।

यो प्रणालीमार्फत नेपाल टेक मार्केटले फोहोर व्यवस्थापनलाई केवल सरसफाइको सन्दर्भमा सीमित नराखी, प्रविधि र नवप्रवर्तनमार्फत सामाजिक रूपान्तरणको एक माध्यम बनाउने प्रयास गरेको छ। शहरी फोहोर व्यवस्थापन समस्याको दिगो समाधानतर्फ यो प्रणाली महत्वपूर्ण कदम सावित हुने विश्वास गरिएको छ।

प्रतिकृया