• ३ साउन २०८३, आइतबार
  • ३:४६ बेलुका

ट्रम्पको भारत चुनाव सहयोग सम्बन्धी दाबी गलत, अमेरिकी दूतावासको स्पष्टीकरण

प्रकाशित मिति

२०८२ भाद्र ६ गते, शुक्रबार ११:२६

भदौ ६,२०८२ काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीमा भारतको चुनावमा सहयोग गरेको दाबी गलत ठहरिएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले भारतमा मतदाता सहभागिता बढाउन १८२ करोड भारु उपलब्ध गराएको भन्ने ट्रम्पको दाबी असत्य पुष्टि भएको हो ।

ट्रम्पको भनाइपछि भारतीय विदेश मन्त्रालयले भारतस्थित अमेरिकी दूतावाससँग विगत १० वर्षको रेकर्ड मागेको थियो । जवाफमा दूतावासले गत जुलाई २ मा प्रतिवेदन जारी गर्दै २०१४ देखि २०२४ सम्म भारतलाई उपलब्ध सबै अमेरिकी सहायताको विवरण सार्वजनिक गरेको थियो ।

Kamana Sewa

उक्त प्रतिवेदनमा भारतको निर्वाचन प्रक्रियाका लागि कुनै पनि कोष उपलब्ध नगरिएको प्रष्ट गरिएको छ । यो जानकारी भारतीय विदेश मन्त्रालयले बिहीबार राज्यसभामा प्रस्तुत गरेको हो । ट्रम्पले यसअघि फेब्रुअरी १६, २०२५ मा अमेरिकी सरकारको दक्षता विभागमार्फत विश्वभरका मुलुकलाई दिइँदै आएको ४८६ मिलियन डलरको यूएसएआईडी कोष कटौती गर्ने घोषणा गरेका थिए । उनले सो अवधिमा भारतमा मतदान बढाउन १८२ करोड भारु विनियोजन गरिएको दाबी गर्दै आएका थिए, तर दूतावासको प्रतिवेदनले उनको दाबी खारेज गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया