• २१ असोज २०८३, बुधबार
  • ३ः१३ राती

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा ल्यायो

प्रकाशित मिति

२०८२ श्रावण १८ गते, आईतवार ०९:५५

श्रावण १८, २०८२ काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ३० हजार ४४२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रति कित्ता न्यूनतम २०३ रुपैयाँको दरमा उक्त शेयर बिक्री खुला गरेको हो।

National Life

कम्पनीले संस्थापक शेयर बिक्री गर्दा वर्तमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने नियमअनुसार हालका संस्थापक शेयरधनीहरूले मात्र उक्त शेयर खरिद गर्न सक्नेछन्।

शेयर खरिदमा इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजातसहित अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया