• २० भदौ २०८३, शनिबार
  • ९ः४७ राती

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि खुला

प्रकाशित मिति

२०८२ श्रावण १२ गते, सोमबार १२:४२

श्रावण १२,२०८२ काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद शेयर निष्कासन खुला गरेको छ। कम्पनीले हाल कायम १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ चुक्तापुँजीको १०ः३.४७८३ अनुपातमा ३४.७८ प्रतिशत हकप्रद शेयर जारी गरेको हो।

National Life

यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर, जसको कुल मूल्य ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबर, जारी गरेको छ।

शेयरधनीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा CDSC को ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको केन्द्रीय कार्यालय तथा शाखाबाट पनि आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म तोकिएको छ।

Classic Tech Desktop

कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। यसअनुसार जेठ २९ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्। यो हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ, जसले नेपाल बीमा प्राधिकरणद्वारा निर्जीवन बीमा कम्पनीका लागि तोकिएको न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजीको सीमा पूरा गर्नेछ।

प्रतिकृया