• ४ साउन २०८३, सोमबार
  • ३:२६ बिहान

द्रुतमार्ग खोकना विवाद समाधान गर्न प्रधानमन्त्री ओलीको पहल

प्रकाशित मिति

२०८२ श्रावण १२ गते, सोमबार ११:५७

श्रावण १२,२०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ-तराई-मधेस दू्रतमार्ग आयोजनाको खोकना क्षेत्रस्थित निर्माणस्थलमा देखिएको समस्या समाधानका लागि पहल थालेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित छलफलमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूसँग परियोजनाको हालको अवस्था र खोकनामा देखिएका विवादबारे ब्रिफिङ लिएका हुन्।

Kamana Sewa

छलफलमा ललितपुर महानगरपालिका–२१ स्थित फुडोल क्षेत्रलाई परियोजनाको प्रवेश विन्दु कायम गर्दा उत्पन्न समस्या र त्यसको समाधानका लागि भएका अध्ययन तथा विकल्पहरूमाथि विस्तृत रूपमा परामर्श गरिएको थियो।

Classic Tech Desktop

खोकना क्षेत्र नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा भएकोले त्यसको संरक्षण र सम्बोधनका लागि विभिन्न वैकल्पिक उपायबारे समेत छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

छलफलपछि प्रधानमन्त्री ओलीले स्थानीयबासीको माग सक्दो सम्बोधन गर्दै आयोजनालाई अन्योलमा नराखी यथासक्य चाँडो अगाडि बढाउन निर्देशन दिएका छन्। साथै, उनले विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्दै समस्याको दीर्घकालीन समाधान खोज्न पनि सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिकृया