• २२ भदौ २०८३, सोमबार
  • ३ः५९ राती

३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा

प्रकाशित मिति

२०८२ श्रावण ८ गते, बिहीबार ०२:४२

श्रावण ८,२०८२ काठमाडौं । वार्षिक १ सय श्रमिक पनि विदेश पठाउन नसकेका ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आवश्यक संख्यामा श्रमिक नपठाउने कम्पनीहरू कानुनअनुसार नवीकरणयोग्य नठहरिएर निलम्बनमा परेका हुन्।

National Life

वैदेशिक रोजगार ऐन २०६४ अनुसार लगातार दुई वर्ष वार्षिक १ सय श्रमिक नपठाउने म्यानपावरको इजाजतपत्र रद्द गरिने व्यवस्था छ। यद्यपि, नयाँ विधेयकमार्फत उक्त प्रावधान संशोधन भइसकेको छ र हाल राष्ट्रपतिको प्रमाणीकरण पर्खिरहेको छ।

प्रमाणीकरणपछि मात्रै नियमावली संशोधन भई ती म्यानपावर कम्पनीहरूको इजाजतपत्र नवीकरण प्रक्रिया अघि बढ्ने विभागले जनाएको छ। गत वर्ष पनि श्रम मन्त्रालयले ‘बाधा अड्काउ फुकाउ’ प्रयोग गरी २५८ कम्पनीको इजाजतपत्र नवीकरण गरेको थियो।

Classic Tech Desktop

प्रतिकृया