• ३ साउन २०८३, आइतबार
  • ३:५२ बेलुका

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

प्रकाशित मिति

२०८२ श्रावण ८ गते, बिहीबार ०२:०५

श्रावण ८,२०८२ काठमाडौं । पूर्वी रुसको आमुर क्षेत्रस्थित टिण्डा सहरतर्फ जाँदै गरेको ‘एङ्गारा एयरलाइन्स’को एएन–२४ यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ। विमानमा पाँच बालबालिकासहित ४९ जना यात्रु रहेको बताइएको छ।

दुर्गम र चीनसँग सीमा जोडिएको भू–भागमा हराएको विमानको खोजी कार्य जारी रहेको जनाइएको छ। खराब मौसम र जटिल भूगोलका कारण उद्धारमा कठिनाइ भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।

Kamana Sewa

प्रतिकृया