• २२ भदौ २०८३, सोमबार
  • २ः२९ राती

मध्यपुर थिमिमा एउटै डेरा दुई किशोरी मृत फेला

प्रकाशित मिति

२०८२ श्रावण ८ गते, बिहीबार १२:०३

श्रावण ८,२०८२ काठमाडौं ।  मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। प्रहरीका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल दिदीबहिनी हुन्। उनीहरू स्थानीय निरज चक्रधरको घरको भुइँतलामा डेरा गरी बस्दै आएका थिए।

National Life

दुवै जना एउटै डोरीमा झुन्डिएको अवस्थामा घरको प्यासेजमा फेला परेका हुन्। प्रहरी वृत्त थिमिका डीएसपी नवराज ढुङ्गानाका अनुसार उनीहरू घरबाट भागेर आएका थिए भने हालसम्म आफन्त सम्पर्कमा आइनसकेको बताए। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया