• २२ भदौ २०८३, सोमबार
  • ३ः०७ राती

गयेश्वरी डिपोको डिपिआर निगमलाई हस्तान्तरण

प्रकाशित मिति

२०८२ श्रावण ८ गते, बिहीबार ०१:२४

श्रावण ८,२०८२ काठमाडौं । नेपाल आयल निगम लिमिटेडले साविकको सिनामंगलस्थित हवाई इन्धन डिपोलाई काठमाण्डौं महानगरपालिका–८ गयेश्वरीस्थित नेपानीको कोस भएको स्थानमा स्थानान्तरण गर्ने तयारी तीव्र बनाएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार डिपो स्थानान्तरणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस अन्तर्गतको कन्सल्टेन्सी सेवासँग मिति २०८१ मंसिर ५ गते सम्झौता गरिएको थियो।

National Life

उक्त सम्झौता अनुरूप इन्जिनियरिङ अध्ययन संस्थानले नेपाल आयल निगमलाई डिपिआर प्रतिवेदन हस्तान्तरण गरिसकेको छ। नयाँ डिपो अत्याधुनिक प्रविधियुक्त L3 Level Automation प्रणालीमा आधारित हुनेछ। हालको योजना अनुसार डिपोमा ३००० कि.लि. क्षमताका ५ वटा Vertical Tank निर्माण गरिनेछ, साथै भविष्यमा थप भण्डारण क्षमता विस्तारको लागि खाली स्थान पनि राखिनेछ।

योजनाअनुसार इन्धन लोडिङ र अनलोडिङका लागि क्रमशः ६ र ८ वटा Bay निर्माण गरिनेछ। अन्तर्राष्ट्रिय उडानका जहाजमा इन्धन भर्नका लागि ७ वटा Pit Hydrant Refueling System र २ वटा Refueling Dispenser जडान गरिनेछ।

Classic Tech Desktop

अग्निसुरक्षा प्रणालीलाई प्राथमिकता दिँदै डिपोमा २१०० कि.नि. क्षमताका २ वटा Static Water Tank र पूर्ण स्वचालित Fire Fighting System स्थापना गरिनेछ। साथै, डिपोभित्र प्रशासनिक भवन, प्रयोगशाला, मर्मत संभार यार्ड तथा सुरक्षाको लागि खटिने नेपाली सेनाको बल्मी भवन समेत रहनेछ। उक्त डिपो अन्तर्राष्ट्रिय मापदण्डहरू API र OISD को पूर्ण पालना गर्दै निर्माण गरिनेछ। परियोजनाको अनुमानित लागत रु. ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ २० पैसा रहेको छ।

हाल नागरिक उड्डयन प्राधिकरणले डिपो निर्माणका लागि आवश्यक जग्गाको चार किल्ला छुट्याई Site Clearance प्रक्रिया अगाडि बढाएको छ। निगमले चालु आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन गरी भदौ महिनामा अन्तर्राष्ट्रिय खुला बोलपत्र (ICB) आह्वान गर्ने योजना बनाएको छ। बोलपत्र मूल्यांकन लगायतका प्रक्रिया २ महिनाभित्र टुंग्याई, मंसिर महिनाबाट निर्माण कार्य सुरु गरी २०८४ सालको मंसिरसम्ममा डिपो निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

प्रतिकृया