दोर्दी खोला जलविद्युतले लिलामी शेयर बाँडफाँड सम्पन्न, कट अफ मूल्य कति ?
प्रकाशित मिति
२०८२ श्रावण ८ गते, बिहीबार ११:४६
श्रावण ८,२०८२ काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दोस्रो पटक लिलामीमा राखिएको अवितरित हकप्रद शेयरको बाँडफाँड सम्पन्न गरेको छ।कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्दा १९ लाख ४६ हजार ६७६ कित्ता शेयर बाँकी रहेका थिए। तीमध्ये संस्थापक समूहतर्फ लकइनमा नरहेका १२ लाख ८५ हजार ४९ कित्ता, सर्वसाधारण समूहतर्फ लकइनमा नरहेका ४ लाख ९५ हजार ६७९ कित्ता, र लकइनमा रहेका १ लाख ६५ हजार ९५६ कित्ता शेयर रहेका थिए।

पहिलो चरणमा जेठ ११ देखि २० गतेसम्म लिलामी गर्दा पनि लकइनमा नरहेका सर्वसाधारणतर्फका ९३ हजार ६२९ कित्ता शेयर बाँकी रहे। कम्पनीले ती बाँकी शेयर असार २४ देखि ३२ गतेसम्म पुनः लिलामीमा राखेको थियो। सो अवधिमा परेका बोलपत्रहरू साउन ७ गते खोलिएको हो।
सानिमा क्यापिटल लिमिटेडको बिक्री व्यवस्थापनमा सम्पन्न बाँडफाँडमा कट अफ प्राइस प्रतिकित्ता २८३ रुपैयाँ कायम भएको छ। उक्त मूल्यमा वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्ने लगानीकर्ताहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।




प्रतिकृया