• ४ साउन २०८३, सोमबार
  • ५:२७ बिहान

बाँदर र बँदेल हेर्न २० जनालाई रोजगारी

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार ०१:४८

श्रावण ५  ,२०८२ काठमाडौं । अर्घाखाँचीको डिभिजन वन कार्यालयले बाँदर र बँदेल हेरालुका रूपमा २० जनालाई छनोट गरेको छ। आइतबार सार्वजनिक गरिएको नाममा परेकाहरूलाई सोमबार सम्झौता तथा अभिमुखीकरणका लागि बोलाइएको हो।

कृषकको बाली सुरक्षासहित वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्न हेरालु राखिएको जनाइएको छ। सामुदायिक वन समूहको सहकार्यमा रोजगारी दिइएको हो। तय समयमा अभिमुखीकरणमा नआए सम्झौता नगर्ने कार्यालयको भनाइ छ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया