• ६ असोज २०८३, मंगलबार
  • ६ः३२ बेलुका

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश, ‘डिजिटल फस्ट’ मोडेललाई थप बलियो बनाउँदै

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार १२:३०

श्रावण ५  ,२०८२ काठमाडौं । देशको अग्रणी वाणिज्य बैंकमध्ये एक एनआईसी एशिया बैंक आजबाट आफ्नो स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको छ । बैंकले २८ औं वार्षिकोत्सवको अवसरमा ग्राहक, नियामक, शेयरधनी, कर्मचारी र सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा विश्वस्तरीय, प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

National Life

सन् १९९८ मा स्थापना भएको बैंकले हालसम्म आइपुग्दा नेपालभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित सेवा केन्द्रमार्फत लाखौं ग्राहकसँग सेवा प्रवाह गर्दै आएको छ ।

बैंकले विशेषगरी डिजिटल फस्ट बैंकिङ्ग मोडेललाई प्राथमिकता दिँदै, आधुनिक प्रविधिको प्रयोगमार्फत देशको कुना–कुनासम्म सहज बैंकिङ्ग पहुँच पुर्‍याउने लक्ष्य लिएको जनाएको छ । बैंकले मुगु, कालिकोट, बझाङ, जुम्ला, सल्यान, रूकुम जस्ता दूरदराजका जिल्लाहरूमा शाखा विस्तार गरी वित्तीय समावेशीकरणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूलमन्त्रमा अगाडि बढ्दै आएको बैंकले आजको दिनसम्मको यात्रालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । साथै, बैंकले आगामी दिनमा ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने, उत्तरदायी बैंकिङ्ग अभ्यासलाई बलियो बनाउने र देशको आर्थिक वृद्धिमा थप योगदान गर्ने प्रतिबद्धता समेत दोहोर्‍याएको छ ।

प्रतिकृया