• ६ असोज २०८३, मंगलबार
  • ११ः२५ बिहान

निजामती विधेयक छानबिनमा चार दलका सचेतकको सुझाव: ‘दोषी पत्ता लगाइ कारबाही होस्’

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार १२:०७

श्रावण ५  ,२०८२ काठमाडौं । निजामती विधेयकमा भएको भनिएको गडबडीबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई प्रमुख चार दलका प्रमुख र मुख्य सचेतकहरूले सुझाव दिएका छन्।

National Life

सोमबार समितिले नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई छलफलका लागि बोलाएको थियो। कांग्रेसका प्रमुख सचेतक घिमिरेले डेढ मिनेटजति बोलेर ‘छानबिन समितिको निष्कर्ष मान्ने’ बताए। एमालेका बर्तौलाले गडबडी मानवीय त्रुटि हो कि नियोजित हो भन्ने पत्ता लगाउन सुझाव दिए।

माओवादी केन्द्रका पाण्डे र रास्वपाका परियारले भने जानाजान कुलिङ पिरियड लागू हुन नदिने गरी षड्यन्त्र गरिएको आरोप लगाए। पाण्डेले उच्चपदस्थ कर्मचारीको संलग्नता रहेको भन्दै दोषीलाई कडा कारबाही सिफारिस गर्न आग्रह गरे। चारै नेताहरूको सुझावपछि समितिले आफ्नो निष्कर्ष तयार पार्ने तयारी गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया