• ३ असोज २०८३, शनिबार
  • २ः१८ दिउँसो

७० वर्षे सीमा हटाउनेमा ओलीको तर्कलाई भीम रावलले गरे यस्तो व्यंग्य

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार १२:०२

श्रावण ५  ,२०८२ काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वका लागि तोकिएको ७० वर्षे उमेर सीमा हटाउनुपर्ने तर्क गर्दै आफू जेल बसेको समय घटाउनुपर्ने भनाइ राखेपछि पार्टीका पूर्वनेता भीम रावलले कटाक्ष गरेका छन्।

National Life

हाल मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका रावलले सोमबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको बाल्यकाल, सुतेको र बिरामी भएको समय पनि घटाउने कार्यदल गठन गर्ने कि?”

साउन १ गते सचिवालय बैठक र त्यसपछिका पोलिटब्युरो बैठकमा ७० वर्षे उमेर सीमा र दुई कार्यकालको नेतृत्व सीमा हटाउने निर्णय भएको थियो। उक्त निर्णयको सन्दर्भमा ओलीले बैठकमा आफू १४ वर्ष जेल बसेको समय उमेर गणनामा नगनिनुपर्ने तर्क राखेको कुरा बाहिरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

पूर्व उपाध्यक्षसमेत रहेका रावललाई एमालेले २०८१ पुस १० गते साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। निष्कासनपछि उनले अध्यक्ष ओलीमाथि लगातार आलोचना गरिरहेका छन्। उक्त विवादास्पद निर्णय अहिले केन्द्रीय कमिटी बैठकमा छलफलको मुख्य एजेन्डा बनेको छ।

प्रतिकृया