• २ असोज २०८३, शुक्रबार
  • ४ः५० बेलुका

जोखिममा परेका बालबालिकाका लागि काठमाडौं महानगरको अस्थायी संरक्षण गृह घोषणा

प्रकाशित मिति

२०८२ असार २९ गते, आईतवार ०३:४९

असार  २९,२०८२ काठमाडौं । काठमाडौं महानगरपालिकाले जोखिममा रहेका, पीडित र विशेष संरक्षण आवश्यक पर्ने बालबालिकाका लागि अस्थायी संरक्षण गृह स्थापना गर्ने घोषणा गरेको छ। आइतबार नगरसभामा मेयर बालेन्द्र साहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बालअधिकार सुनिश्चित गर्न महानगरले यस्तो गृह सञ्चालनमा ल्याउने बताए।

National Life

सडकमा बसोबास गर्न बाध्य, हिंसामा परेका तथा अन्य संवेदनशील अवस्थाका बालबालिकालाई तत्काल सुरक्षा, संरक्षण र पुनर्स्थापनाको उद्देश्यले संरक्षण गृह स्थापना गरिने महानगरले जनाएको छ। महानगरको यो योजनाले संकटमा परेका बालबालिकाको उद्धार तथा पुनर्स्थापना कार्य प्रभावकारी हुने विश्वास गरिएको छ।

प्रतिकृया