• २१ असोज २०८३, बुधबार
  • ४ः५४ बिहान

एशियन लाइफको आजदेखि हकप्रद शेयर बिक्रीमा

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार १०:०९

असार  २५, २०८२ काठमाडौं ।कम्पनीले १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको हो। यसअन्तर्गत हाल कायम एक कित्ता शेयरको अनुपातमा थप ०.४२ कित्ता हकप्रद लिन सकिनेछ।

National Life

यस हकप्रद शेयरको आवेदन दिन जेठ १४ गतेसम्म नेप्सेमा नाम दर्ता गराएका शेयरधनी योग्य छन्, किनभने कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ। आवेदन दिने अन्तिम मिति साउन १३ गतेसम्म कायम गरिएको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले एशियन लाइफलाई आईआरएन सिंगल ए माइनस रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता सुरक्षित रहेको सङ्केत गर्दछ।

यस हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। साथै, मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालय (बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर र बुटवल) तथा एशियन लाइफको कार्यालयहरूबाट पनि आवेदन दिन सकिनेछ। त्यसैगरी, ‘मेरो शेयर’ अनलाइन प्रणाली मार्फत सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछिको बाँडफाँडसँगै चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।

प्रतिकृया