• २१ असोज २०८३, बुधबार
  • ४ः५४ बिहान

रसुवा बाढी अपडेट : ९ जनाको मृत्यु, १९ अझै बेपत्ता

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार ०९:४९

असार  २५, २०८२ रसुवा । रसुवामा सोमबार गएको भीषण बाढीले जनधनमा ठूलो क्षति पुर्‍याएको छ। बाढीमा परेर अहिलेसम्म ९ जनाको मृत्यु पुष्टि भएको छ भने १९ जना अझै बेपत्ता छन्।

National Life

प्रहरी प्रधान कार्यालयका अनुसार मृतकमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको त्रिशूली नदी किनारस्थित १५ किलो क्षेत्रमा फेला परेको हो। उनीसहित कुल २० जना बाढीमा बेपत्ता भएका थिए, जसमा अब १९ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार बेपत्ता हुनेमध्ये २ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन्। बाढीपीडितको उद्धारमा ३८३ जना प्रहरी खटाइएको छ। हालसम्म ५७ जनाको सकुशल उद्धार गरिएको प्रहरीको विवरणमा उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

बाढीका कारण नेपाल–चीन सीमामा अवस्थित मितेरी पुल पूर्ण रूपमा बगाएको छ भने २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा ईभी गाडी बगाएको जनाइएको छ। साथै धुञ्चे–टिमुरे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याम, रसुवाको भन्सार यार्ड र अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुर्‍याएको छ।

प्रतिकृया