• २१ असोज २०८३, बुधबार
  • ४ः५४ बिहान

बाढी–पहिरोले यी १० राजमार्ग पूर्ण अवरुद्ध, केही आंशिक सञ्चालनमा

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार १०:१८

असार  २५, २०८२ काठमाडौं । लगातारको वर्षापछि देशभर फैलिएको बाढी र पहिरोका कारण मुलुकका प्रमुख १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न भौगोलिक क्षेत्रका राजमार्गहरूमा ठूला क्षति पुगेका छन्।

National Life

प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।

यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरी तथा स्थानीय प्रशासनले यात्रुहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न र सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, मौसम विभागले अझै केही दिन भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएपछि जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

प्रतिकृया