• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

इन्डोर हक्की प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन

प्रकाशित मिति

२०८२ असार २२ गते, आईतवार ११:१४

असार २१ , २०८२ भक्तपुर।नेपालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। शनिबार भक्तपुरमा सम्पन्न फाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० ले पराजित गर्दै उपाधि हात पारेको हो। सेमिफाईनमा आर्मीले कोशी प्रदेशलाई ६-० र सुदुर पश्चिमले गण्डकीलाई २-१ गोल अन्तरले पराजित गरि फाईनल पुगेका थिए

भक्तपुरको थिमी स्थित मिडभ्याली कलेजमा एक कार्यक्रम वीच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुब आचार्यले उद्घाटन गर्नु भएको थियो भने विजेता खेलाडी तथा टिमलाई सदस्य सचिव टंकलाल घिसिङले पुरस्कार प्रदान गरेका थिए। प्रथम हुने टिमले ५० हजार र द्धितीय हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गरे।

Kamana Sewa

प्रतियोगितामा आठ गोल गर्न सफल सुदुर पश्चिम प्रदेशकी आशीका एस के वेष्ट स्कोरर हुदाँ प्लेयर अफ दि टुर्नामेन्टमा नेपाल आर्मीकी सरस्वती तामाङ भएकी छन्। यस्तै बेष्ट डिफेन्डरमा सुदुर पश्चिम प्रदेशकी पूर्णिमा नेगी भईन भने नेपाल आर्मीकी कुश्मा रानामगर बेष्ट गोल्डकिपर हुँदा बागमती प्रदेशकी सपना तामाङ उदयमान खेलाडी घोषित भएकी छन्। विधागत उत्कृष्ट भएका खेलाडीहरुलाई ट्रफी प्रदान गरिएको थियो।

Classic Tech Desktop

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य,राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मा, महासचिव सुवर्ण श्रेष्ठ, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा, मिडभ्याली कलेजका प्रिन्सिपल गोविन्द जोशी, तथा विभिन्न खेल संघका पदाधिकारीहरू उपस्थित थिए।

प्रतिकृया