• ४ साउन २०८३, सोमबार
  • २:५३ बिहान

आज एकै दिन किन बस्दै नौं संसदीय समितिका बैठक ?

प्रकाशित मिति

२०८२ असार २२ गते, आईतवार ०९:५४

असार २ , २०८२ काठमाडौं । आज एकैदिन संघीय संसद्को नौ वटा विभिन्न समितिको बैठक बस्ने भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिहरूले आ–आफ्ना कार्यसूचीअनुसार महत्त्वपूर्ण विधेयकमाथि छलफल गर्ने कार्यक्रम तय गरेका छन्।

प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, पूर्वाधार विकास समिति, शिक्षा समिति, र स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठक बस्नेछन्। साथै, राष्ट्रियसभातर्फको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको पनि आजै बैठक बस्ने कार्यतालिका तय भएको छ।

Kamana Sewa

अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरूसँग छलफल हुने कार्यसूची छ। त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सम्बन्धमा संशोधनकर्तासँग विचार–विमर्श गर्नेछ।

Classic Tech Desktop

उद्योग, वाणिज्य तथा श्रम समितिमा सरकारले किसानलाई उपलब्ध गराउने रासायनिक मलको आयात, वितरण र कोटा निर्धारण सम्बन्धमा छलफल हुनेछ। कृषि तथा सहकारी समितिले आगामी कार्यक्रम र समसामयिक विषयहरूमा छलफल गर्नेछ। पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोशी–मरिण डाइभर्सन आयोजना लगायत विषयमा छलफल हुनेछ। शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि बनेको उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गर्नेछ भने संसदीय सुनुवाइ समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसहित सुनुवाइका लागि सिफारिस भएका व्यक्तिहरूको सम्बन्धमा छलफल हुनेछ। असार २३ गते सोमबार प्रतिनिधिसभा र २४ गते राष्ट्रियसभाको बैठक बस्ने तय भएकाले महत्त्वपूर्ण विधेयकहरू अगाडि बढाउन आजका समितिहरूमा तीव्र छलफल हुने बताइएको छ

प्रतिकृया