• २१ असोज २०८३, बुधबार
  • ५ः११ बिहान

एशियन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

प्रकाशित मिति

२०८२ असार १९ गते, बिहीबार १०:४६

असार १९, २०८२ काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, बिहीबार (असार १९) परेको छ। कम्पनीले असार २० गते, शुक्रबारका लागि बुकक्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले लाभांश पाउनेछन्। त्यसैगरी, उनीहरूलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागिता जनाउने अधिकार पनि प्राप्त हुनेछ।

National Life

कम्पनीले १७औँ वार्षिक साधारण सभा यही असार ३० गते, सोमबार बारास्थित होटल इच्छामा, सिमरा आयोजना गर्ने तयारी गरेको छ। दिउँसो १ बजे सुरु हुने सो सभामा ५.१० प्रतिशत बोनस सेयर वितरण र त्यसबापत लाग्ने कर तिर्न ०.२६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गरिनेछ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।त्यस्तै, संस्थापक सेयरधनी तर्फबाट ३ जना सञ्चालक, सर्वसाधारण तर्फबाट २ जना सञ्चालक चयन गर्ने प्रस्तावसहित १ जना स्वतन्त्र सञ्चालकको मनोनयन र लेखापरीक्षकको नियुक्ति पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया