• २१ असोज २०८३, बुधबार
  • ५ः११ बिहान

स्वस्तिक लघुवित्तको आईपीओ खुल्दै

प्रकाशित मिति

२०८२ असार १९ गते, बिहीबार १०:३०

असार १९, २०८२ काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) यही असार २७ गतेदेखि सुरु गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै यो सेयर निष्काशन गर्न लागेको हो।

National Life

यस चरणमा श्रम स्वीकृति प्राप्त वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू मात्र आवेदन दिन योग्य हुनेछन्। उनीहरूको नाममा मात्र सेयर निष्काशन गरिएको छ। स्वस्तिक लघुवित्तले पहिलो चरणमा २३,१०० कित्ता साधारण सेयर निष्काशन गर्दैछ। यो सेयरमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ।

न्यूनतम १० कित्ता र अधिकतम ५,००० कित्ता सेयरको लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। उक्त सेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले आफ्ना जारी पूँजीको ४० प्रतिशत अर्थात २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्ने योजना बनाएको छ, जसको कुल मूल्य २ करोड ३१ लाख रुपैयाँ बराबर हुनेछ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ५ गते आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले २०७९ माघ २४ गते बोर्डमा निवेदन दिएको थियो, जुन करिब १७ महिनापछि स्वीकृत भएको हो। मधेश प्रदेश कार्यक्षेत्र रहेको स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालय सिराहा जिल्लामा अवस्थित छ।

प्रतिकृया