मनसुन शुरु भएयता ६७४ विपद्का घटना, ३१ जनाको मृत्यु, २६ करोडको क्षति
प्रकाशित मिति
२०८२ असार १७ गते, मंगलवार ०५:३१
असार १७, २०८२ काठमाडौं । गत जेठ १५ देखि असार १६ गतेसम्मको एक महिनाको अवधिमा देशभर ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ३१ जनाले ज्यान गुमाएका छन् भने ११२ जना घाइते भएका छन्।
सबैभन्दा बढी ८७ वटा पहिरोका घटना भएका छन्। पहिरोबाट ११ घर पूर्णरूपमा र २५ घर आंशिक रूपमा क्षति पुगेका छन्। यस्तै, पहिरोका कारण रु २ करोड २१ लाख बराबरको क्षति भएको छ।
बाढीका ६४ घटनामा ४ जनाको ज्यान गएको र ४ जना घाइते भएको जनाइएको छ। बाढीबाट १२३ परिवार प्रभावित भएका छन् भने ४ वटा घरमा क्षति पुगेको छ।
चट्याङका ८२ घटनामा ८ जनाको मृत्यु र २० जना घाइते भएका छन्। हुरीका ४५ घटनामा १ जनाको मृत्यु र ३ जना घाइते भएका छन्।
विपद्का क्रममा १ वटा पुल, ७ वटा गोठ र १४ चौपाया नष्ट भएका छन्।
यो अवधिमा भएका सबै विपद्का घटनाबाट कुल रु २६ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।
सरकारले राहत तथा पूर्वतयारीका कामलाई तीव्रता दिइरहेको जनाउँदै उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरिएको छ।






प्रतिकृया