• २ असोज २०८३, शुक्रबार
  • ७ः२९ बेलुका

नेपाल वायुसेवा निगमको खुल्ला कविता वाचन तथा टेबल टेनिस प्रतियोगिता सम्पन्न

प्रकाशित मिति

२०८२ असार १३ गते, शुक्रबार ०८:२९

काठमाडौं – नेपाल वायुसेवा निगमको ६७ औं वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सव मूल समारोह समितिको आयोजनामा २०८२ असार १२ गते निगम केन्द्रीय कार्यालय, कान्तिपथ परिसरमा खुल्ला कविता वाचन प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

National Life

६७ औं वार्षिकोत्सव साहित्यिक उप–समितिका संयोजक श्री ई. पोषक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिको रुपमा निगमका कार्यकारी अध्यक्ष तथा वरिष्ठ साहित्यकार युबराज अधिकारीले गरेका थिए भने बिशेष अतिथिको रुपमा वरिष्ठ साहित्यकारहरु डा. नवराज लम्साल र प्रा।डा। देवी नेपाल लगायत अतिथिको रुपमा अन्य आमन्त्रित स्रष्टाहरु, निगम ना. महाप्रबन्धकहरु, उच्च पदाधिकारीहरू, कर्मचारीहरू तथा पूर्व कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत विषेश अतिथिहरु र आमन्त्रित स्रष्टाहरुले अप्रतियोगीको रुपमा आ–आफ्नो कविता वाचन गरेका थिए ।

प्रतिस्पर्धात्मकरूपमा सम्पन्न कविता वाचन प्रतियोगितामा कर्मचारीतर्फ २३ प्रतिस्पर्धी कवीहरु मध्ये प्रमिला लुईटेल प्रथम, विनय पौडेल द्धितिय, भाष्कर खनाल तृतीय भई नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नुभयो भने नारायण पौडेल र सौगात वाग्लेले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ, साथै, उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने अन्य प्रतियोगीहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरि सप्ताहव्यापी ६७ औं वार्षिकोत्सवको अवसरमा असार ९ देखि ११ गते टेबलटेनीस प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको थियो । सो प्रतियोगितामा मेन्स एक्जुकेटिभ सिंगलतर्फ प्रीतम प्रसाद प्रधान प्रथम, युवराज अधिकारी द्धितिय र दिवाकर बञ्जारा तृतीय भएका थिए भने मेन्स सिंगलतर्फ नवराज कोईराला, प्रज्वल भट्टराई र इन्द्र थापा क्रमशः प्रथम, द्धितिय र तृतीय तथा वमन्स सिंगलतर्फ मेनुका चाम्लीङ्ग, रंजना पोख्रेल, कबिता शाह क्रमशः प्रथम, द्धितिय र तृतीय भएकाी थिईन ।

नेपाल वायुसेवा निगम परिवार विभिन्न प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडि, स्रष्टा, साहित्यप्रेमी तथा आयोजक समितिका सदस्यहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै विजेता प्रतिभाहरूप्रति बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

प्रतिकृया