• २ असोज २०८३, शुक्रबार
  • ६ः१२ बेलुका

लक्ष्मी सनराइज बैङ्क र आईएफसीबीच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी

प्रकाशित मिति

२०८२ असार १३ गते, शुक्रबार ०८:२३

काठमाडौँ- लक्ष्मी सनराइज बैङ्कले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकास तर्फ महत्त्वपूर्ण कदम चाल्दै अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ।

National Life

यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी दुई मुख्य क्षेत्रहरूमा आफ्नो पहल केन्द्रित गर्नेछ।

यस सम्झौता पत्रमा लक्ष्मी सनराइज बैङ्कका तर्फबाट बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

यो साझेदारीले लक्ष्मी सनराइज बैङ्कको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार ग्राहकहरूको दीर्घकालीन हितलाई प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।

प्रतिकृया