• २१ असोज २०८३, बुधबार
  • ५ः३६ बिहान

रास्वपाले आज पनि बहिष्कार गर्यो संसद बैठक

प्रकाशित मिति

२०८२ असार ६ गते, शुक्रबार १२:३७

असार ६, २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद बहिष्कार गरेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्रीले आफ्ना कुरा नसुनेर बाहिरिएकाले आजको बैठक बहिष्कार गरेको जानकारी दिएका छन् ।  

National Life

उनले भनेका छन्- ‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौ तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो ।तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं ।’

यसअघि आजको प्रतिनिधि सभाको बैठकमा रास्वपा र राप्रपाका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया