• २१ असोज २०८३, बुधबार
  • ५ः३५ बिहान

सूर्यज्योति लाइफले बीमितलाई ६ बुँदे सुझाव

प्रकाशित मिति

२०८२ असार ६ गते, शुक्रबार १२:३१

असार ६, २०८२ काठमाडौं । सूर्यज्योति लाइफले बीमितलाई ६ बुँदे सुझाव जारी गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितलाई लक्षित गरी एक सूचना जारी गर्दै विभिन्न छ बुँदे सुझाव दिएको हो। कम्पनीले बीमितलाई १ लाखभन्दा बढीको प्रिमियम तिर्दा बैंकिङ्ग प्रणालीबाट मात्र तिर्न र भुक्तानीपछि कम्पनीको रसिद लिन र मोबाइलमा मेसेज आए नआएको पुष्टी गर्न आग्रह गरेको छ।

National Life

त्यसैगरी भुक्तानीको लागि कम्पनीमै सम्पर्क गर्न, बीमालेखको नवीकरण मिति यकीन गरी समयमै प्रिमियम तिर्न पनि आग्रह गरेको छ। त्यस्तै आफ्नो बीमालेखको बारेको विवरणका लागि मोबाइल एप प्रयोग गर्न र बीमालेख धितो राखेर कर्जा लिएको भए त्यसको ब्याज नियमित रूपमा तिर्न पनि सुझाएको छ।

साथै बीमालेख सम्बन्धी महत्त्वपूर्ण जानकारी बीमितको इमेल वा मोबाइलमा दिइने भएकाले आफ्नो व्यक्तिगत विवरण दुरुस्त मिले नमिलेको यकीन गर्न र नमिलेको खण्डमा यथाशीघ्र विवरण अद्यावधिक गर्न पनि बीमितलाई सुझाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया