• २ असोज २०८३, शुक्रबार
  • ४ः३९ बेलुका

एमाले प्रदेश सांसद ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति

२०८२ जेष्ठ २८ गते, बुधबार ०७:०१

काठमाडौँ- सत्तारुढ दल नेकपा एमाले मधेस प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सांसद ठाकुरसहित १७ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

National Life

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुर, औरही गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मीरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुबोधकुमार ठाकुर लगायत १७ जनालाई सार्वजनिक सम्पत्तिको हिनामिना, हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए।

आर्थिक वर्ष २०७७ र ०७८ को स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत औरही गाउँपालिकाको देउरीपरवाहमा १५ शय्याको अस्पताल निर्माणमा अनियमितता भएको आरोपपत्रमा उल्लेख छ। रेग्मीका अनुसार, यस मुद्दामा प्रतिवादीहरूलाई ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ ९८ पैसा बिगो कायम गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया