• ३ असोज २०८३, शनिबार
  • ९ः४९ बिहान

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार १२:५५

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन सहित हाइकिङ कार्यक्रम गरेको छ । बैंकले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको हो ।

National Life

कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको थियो ।

साथै, हाइकिङ रुटअन्तर्गतका विभिन्न स्थानमा फोहोर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) समेत राखिएको छ । जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पुर्याउने विश्वास लिइएको छ । फोहोर संकलनपश्चात् उक्त फोहोर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयम् सेवकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवद्र्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा विशेष योगदान दिँदै आएको छ । विश्व वातावरण दिवसकै सन्दर्भमा बैंकले देशभर वृहत् वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ ।

प्रतिकृया