• २ असोज २०८३, शुक्रबार
  • ३ः११ दिउँसो

तीन महिनामा बलात्कारका ७४ घटना: धेरैजसो१८ वर्षमुनिका

प्रकाशित मिति

२०८२ जेष्ठ ९ गते, शुक्रबार ०५:३८

काठमाडौँ । पछिल्ला तीन महिनाको अवधिमा देशभर ७४ जना महिला र किशोरी बलात्कारमा परेका छन्। महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माघदेखि चैत २०८१ सम्मकाे अवधिमा ३१७ वटा महिला हिंसासम्बन्धी घटनामध्ये २३ प्रतिशत बलात्कारका छन्।

National Life

पीडितमध्ये ५१ प्रतिशत १८ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी रहेका छन्। यसले बालबालिकामाथिको यौनजन्य हिंसाको गम्भीर अवस्था उजागर गरेको छ।

प्रतिवेदन अनुसार बलात्कारका घटनामा संलग्न हुनेहरूमा सबैभन्दा ठूलो हिस्सा १८ देखि २५ वर्ष उमेर समूहका किशोर तथा युवा छन्। त्यसैगरी ५४ प्रतिशत घटनामा श्रीमान, छिमेकी वा आफन्त जस्ता नजिकका सम्बन्ध भएका व्यक्ति संलग्न रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

ओरेककी अध्यक्ष सविता पोखरेलका अनुसार, घरभित्रै हुने यस्ता घटनाले पीडितलाई न्यायका लागि कानुनी उजुरी दिन समेत कठिन बनाइरहेको छ। “पीडकमध्ये धेरैजसो घटनामा दोषी आफन्त भएका कारण पीडितले डर र सामाजिक दबाबका कारण कानुनी प्रक्रिया अघि बढाउन सक्दैनन्,” उनले भनिन्।

कानुन कार्यान्वयनमा कमजोरी, पीडितप्रति समाजको दृष्टिकोण र पारिवारिक संरचनाभित्रकै हिंसाले यस्ता अपराध दोहोरिरहनु गम्भीर चिन्ताको विषय बनेको ओरेकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिकृया