• २ असोज २०८३, शुक्रबार
  • ३ः१० दिउँसो

कुलेखानी सडक आजदेखि १९ दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

प्रकाशित मिति

२०८२ जेष्ठ २ गते, शुक्रबार ०९:०५

काठमाडौं–हेटौँडा चल्ने कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड आज शुक्रबारदेखि १९ दिनसम्मका लागि बन्द गरिएको छ। सडक मर्मत कार्यका लागि बन्द गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयसँगको समन्वयमा सडक बन्द हुन लागेको जानकारी प्राप्त भएकाले यात्रुहरूलाई असुविधा नहोस् भनेर यो सूचना सार्वजनिक गरिएको बताए।

National Life

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने उद्देश्यले आज जेठ २ गतेदेखि जेठ २० गतेसम्म ९१९ दिन० सवारी आवागमन पूर्ण रूपमा बन्द रहने सूचना जारी गरिएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सार्वजनिक सूचनामा हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्ने सवारीसाधनलाई अन्य वैकल्पिक सडक ९कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ० प्रयोग गरी आवतजावत गर्न अनुरोध गरिएको छ। स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा सवारीसाधन बन्द गरेरै सडक निर्माण कार्य अघि बढाइने भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया