शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षक आन्दोलनमा तनाव, प्रहरीमाथि ढुंगामुढा प्रहार
प्रकाशित मिति
२०८२ बैशाख १४ गते, आईतवार ०२:०७
वैशाख १४, २०८२ काठमाडौँ: शिक्षकले काठमाडौँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ ।
आइतबार नयाँबानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको हो । बिजुलीबजार-नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । शिक्षा ऐनको माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकको आन्दोलन जारी रहेको छ । आज २६औं दिनमा शिक्षकहरूले संसद भवनतर्फ अघि बढ्न खोज्दा तनाव भएको हो ।

प्रहरीले पानीको फोहोरा र बल प्रयोग गरेर भिड तितरवितर पार्न खोजेपछि जवाफमा शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन् । यसअघि शनिबार पनि निषेधित क्षेत्र तोड्ने प्रयास भएको थियो । शिक्षकहरूको प्रदर्शनले बानेश्वर क्षेत्र तनावपूर्ण बनेको छ ।





प्रतिकृया