• 6:55 am

कांग्रेस नेता तथा पूर्वमन्त्री डंगोलको निधन

प्रकाशित मिति

२०८२ बैशाख १३ गते, शनिबार ०८:२६

वैशाख १३, २०८२ काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । ७७ वर्षको उमेरमा गएराति उनको निधन भएको कांग्रेस नेता भीमसेनदास प्रधानले जानकारी दिए ।

विसं. २००४ सालमा जन्मिएका डंगोल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । ०४३ मा काठमाडौंको उपमेयर भएका उनी कांग्रेस काठमाडौं जिल्ला सभापति भएका थिए ।

०५६ मा पहिलोपटक सांसद भएका डंगोललाई कांग्रेसले समानुपातिकबाट सभासद् बनाएको थियो । डंगोल राज्यमन्त्री समेत बनेका थिए ।

डंगोलको पार्थीव शरीर अन्तिम श्रद्धान्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस नेता प्रधानले जानकारी दिए ।

दिउँसो २ बजे उनको अन्तिम संस्कार गरिने प्रधानले बताए ।

प्रतिकृया