• २२ भदौ २०८३, सोमबार
  • २ः३२ राती

रवि लामीछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखियो

प्रकाशित मिति

२०८१ चैत्र २५ गते, सोमबार ०२:२५

चैत्र २५, २०८१ भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित जिल्ला कारागार चलान भएका छन् । सोमबार बिहान जिल्ला अदालत रूपन्देहीमा पेश गरिएसँगै लामिछाने कारागार चलान भएका हुन् ।

National Life

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई भैरहवा कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । लामिछानेलाई हाल एक्लै राखिएको छ । पछि कैदीबन्दीको संख्या थप भएमा अरूलाई पनि रविसँगै राखिने भण्डारीले जानकारी दिएका छन् ।

अदालतले कारागार चलान गरेपछि लामिछानेको स्वास्थ्य परिक्षण गरेपछि कारागारभित्र पठाइएको हो ।

Classic Tech Desktop

प्रतिकृया