• २१ भदौ २०८३, आइतबार
  • ४ः१२ बेलुका

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब

प्रकाशित मिति

२०८१ चैत्र २५ गते, सोमबार ०२:५४

चैत्र २५, २०८१ काठमाडौँ: प्रमुख प्रशासकीय अधिकृतको पुनरागमनसँगै काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन्। कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाएको महानगरका प्रवक्ता नविन मानन्धरले बताएका छन् । गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं गत बिहीबार कार्यालय हाजिर भएका थिए ।

National Life

उनी महानगरमा हाजिर गर्न पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिहरुले महानगरस्थित उनको कार्यकक्षमा मेयर बालेन्द्र शाहको विरोधका बाबजुद झ्यालको सिसा फुटाएर प्रवेश गराएका थिए ।

बिहीबार महानगरस्थित कार्यकक्षमा जबर्जस्ती प्रवेश गरेका गुरागाईं शुक्रबार भने अवरोधविनै गएका थिए । शुक्रबार कार्यालय पुगेलगत्तै उनले कर्मचारीको रोकिएको तलब निकाशा गर्ने फाइलमा तोक लगाएका थिए । महानगरमा तलब निकासाको काम वित्त विभागमार्फत हुन्छ। गुरागाईंले कार्यालयमा हाजिर गरेसँगै ‍राजस्व खाता सञ्चित कोषमा रहेको रकम खर्च खातामा सारेपछि कर्मचारीको खातामा तलब गएको हो।

Classic Tech Desktop

यसको निर्णय प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै हुन्छ। रकम सार्ने प्रक्रियाको फाइलमा वित्त विभाग र प्रमुख प्रशासकीय अधिकृतले सही गरेर प्रक्रिया अघि बढाएका थिए।

प्रतिकृया