• २ असोज २०८३, शुक्रबार
  • ७ः०२ बेलुका

प्रचण्डद्वारा लुम्बिनी प्राविधिक विश्वविद्यालयको अवलोकन

प्रकाशित मिति

२०८१ चैत्र २१ गते, बिहीबार ०३:१०

चैत्र २१, २०८१ बाँके : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुसहित लुम्बिनी प्राविधिक विश्वविद्यालयको अवलोकन गरेका छन् । पार्टीको जागरण अभियानका क्रममा बाँके पुगेका दाहालसहितका नेताहरूले बिहीबार विश्वविद्यालयको अवलोकन गरेका हुन् । त्यस क्रममा नेताहरूले विश्वविद्यालयको परिचय तथा अवधारणापत्र-२०८१ को छलफलमा समेत भाग लिएका छन्।

National Life

२०७९ सालमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको गौरवको आयोजनाको रूपमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको थियो । विश्वविद्यालयको समस्याको बारेमा पदाधिकारी र कर्मचारीले गुनासो गरेपछि प्रचण्डले शिक्षामन्त्री विद्या भट्टराईसँग फोनमा कुरा गर्दै कानुन बनाएर विश्वविद्यालयको समस्या समाधान गर्न आग्रह गरेका थिए ।

सो अवसरमा लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्टार रेग भण्डारीले विश्वविद्यालयको अवधारणा पत्र पेस गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया