• २ असोज २०८३, शुक्रबार
  • ११ः४७ बिहान

थुनामा राख्ने आदेशविरुद्ध छविलाल पुगे उच्च अदालत

प्रकाशित मिति

२०८१ माघ ३० गते, बुधबार ०३:०२

माघ ३०, २०८१ काठमाडौँ: बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध पूर्वडीआईजी छविलाल जोशी उच्च अदालत पुगेका छन्।

National Life

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो।

अधिवक्तासमेत रहेका जोशीका छोरा रोचक जोशीले थुनामा पठाउने सो आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले उक्त आदेश बदर माग गर्दै निवेदन दर्ता गराएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘आदेश पूर्वाग्रही रहेकाले त्यसको बदर माग गर्दै निवेदन दर्ता गराएका छौं,’ पूर्वडीआईजी जोशीका छोरा रोचकले भने ।

७३ नं. निवेदनमार्फत जोशीको तर्फबाट उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दर्ता भएको हो।

आदेश पूर्वाग्रही रहेकाले त्यसको बदर माग गर्दै जोशीका तर्फबाट निवेदन दर्ता भएको उच्च अदालत तुलसीपुर बुटवल इजलास कार्यालयका सूचना अधिकारी रामबहादुर कुँवरले बताए।

प्रतिकृया