संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै
प्रकाशित मिति
२०८१ माघ ३० गते, बुधबार ०२:५०

माघ ३०, २०८१ काठमाडौँ: विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादसम्बन्धी मुद्दामा सुनुवाइ सुरु हुँदै छ । यस बहुप्रतीक्षित विवादमा संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।
इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।
न्यायाधीश कुमार रेग्मी र हरि फुयालले यस विवादको सुनुवाइमा नबस्ने घोषणा गरेपछि चुडाल र सुवेदीलाई समेट्दै इजलास गठन गरिएको छ ।
२०७७ सालदेखिको विचाराधीन यस विवादमा लामो समयदेखि पूर्ण सुनुवाइ हुन सकेको थिएन । विभिन्न राजनीतिक शक्तिको चासो पनि जोडिएको यस मुद्दाको सुनुवाइ नभएकामा न्यायिक नेतृत्वले आलोचनासमेत खेप्नुपरिरहेको छ ।
Related
Recent News
- काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
- संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- आज देशको मौसम कस्तो रहनेछ ?
- बर्खास्तीमै परेको दिन कुलमानले लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र
- नेकपा (बहुमत)ले घोषणा गर्यो सम्पत्ति छानबिनको आन्दोलन
- सेयर बजारमा गिरावट
- सुदूरपश्चिममाथि मधेश प्रदेशको रोमाञ्चक जित
- सूचना प्रकाशित गर्ने मिडियाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध मुद्धा दायर
- एसियन कपको छनौट अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै
- कुलमानलाई हटाइएको विरोधमा माइतीघरमा प्रदर्शन
प्रतिकृया