• ५ साउन २०८३, मंगलबार
  • ३:५४ बेलुका

पत्रकारसँग कुराकानी गर्दै महामन्त्री थापाले बताए आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ

प्रकाशित मिति

२०८१ माघ २८ गते, सोमबार ०२:३८

माघ २८, २०८१ चितवन: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए ।

Kamana Sewa

उनले भने,’हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरुले त्यसलाई सहयोग गर्नुपर्यो ।’ विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई-तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनले बताए ।

Classic Tech Desktop

उनले भने,’नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मङ्सिर/पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ, तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौँ नै भनेर सम्पूर्ण रुपमा दाबी गर्ने अवस्था छैन,’ उनले भने,’एक वर्षका लागि म्याद थपको सुविधा रहन्छ, सभापतिसँग बसेर सल्लाह गरिरहेका छौँ, जति समय आवश्यक पर्छ त्यति समय अघि बढाऔँ ।’

पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि जति महाधिवेशन अघि तान्न सक्यो त्यति हितकर हुने उनको भनाइ थियो । फरक प्रसङ्गमा बोल्दै उनले सरकारले ल्याएको अध्यादेश एक-दुई दिनमा संसद्मा टेबल हुने बताए ।

टेबल भएपछि संसद्बाट छलफलसहित पास हुने उहाँको भनाइ थियो । सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने उनले स्पष्ट पारे ।

यो विधेयकमा धेरै समस्या रहेको बताउँदै उनले विधेयक नसच्याइ, परिमार्जन नभइ र संशोधन बिना पारित नहुने उनले बताए ।

प्रतिकृया