• २ असोज २०८३, शुक्रबार
  • ७ः२० बेलुका

लामिछानेविरुद्धको मुद्धामा आज थुनछेक बहस हुदै

प्रकाशित मिति

२०८१ माघ १० गते, बिहीबार १०:३९

माघ १०, २०८१ बुटवल : बुटवलको सुप्रिम सहकारी संस्था ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्धामा आज थुनछेक बहस हुने भएको छ ।

National Life

जिल्ला अदालत रूपन्देहीमा बुधबार सहकारी ठगी र संगठित अपराध मुद्दामा पाँच घण्टा लामो बयान लिइएको थियो ।

पाँच घण्टा लामो बयानका क्रममा लामिछानेले इनकारी बयान दिएका थिए । लामिछानेलाई बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी श्रीमती निकिता र उनका कानुन व्यवसायी नारायणदत्त कँडेलको जिम्मा लगाइएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

आज हुने थुनछेक बहसमा जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरे, बसन्त पोख्रेल, सुनिल लामिछाने, पवित्रा घिमिरेलगायत सरकारी वकिलले बहस गर्ने भएका छन् । त्यस्तै उच्च सरकारी वकिलको कार्यालय बुटवलका सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले पनि बहस गर्नेछन् । उच्च सरकारी वकिलको कार्यालय बुटवलका उपन्यायाधिवक्ता रवि न्यौपाने र प्रकाश मरासिनीले बहस गर्नसक्ने भनिएको छ। जाहेरवालाको तर्फबाट बहस गर्न दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने भएका छन् । त्यस्तै प्रतिवादी अर्थात् लामिछानेका तर्फबाट नारायणदत्त कँडेल, सुशील पन्त, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईं, सुरेन्द्र थापा, सञ्जय थापा, सञ्जय गोलेलगायत कानुनव्यवसायीले बहस गर्ने छन्।

सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा सुरुमा ४२ जनाविरुद्ध मुद्दा परेको थियो । त्यसमध्ये लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, सहकारीका संरक्षक गीतेन्द्रबाबु (जिबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो। ती २२ जनाबाट समूहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रूपैँया बिगो दाबी गरिएको छ ।

प्रतिकृया