• ३ असोज २०८३, शनिबार
  • ११ः५२ राती

भारतको महाराष्ट्रमा रेलले किचेर तीन नेपालीसहित १३ जनाको मृत्यु

प्रकाशित मिति

२०८१ माघ १० गते, बिहीबार १०:३६

माघ १०, २०८१ काठमाडौँ: भारतको महाराष्ट्रमा रेलले किचेर तीन नेपालीसहित १३ जनाको मृत्यु भएको छ ।

National Life

उत्तरप्रदेशको लखनउबाट मुम्बइतर्फ गइरहेको पुष्पक एक्सप्रेसको रेलको एउटा डब्बामा आगो लागेको झुटो हल्ला फैलिएपछि आत्तिएका यात्रुहरू हामफाल्दा विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसको ठक्कर दिएपछि तीन नेपाली सहित १३ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मृतक नेपालीहरूमा लछिराम पासी, कमला नविन भण्डारी र नन्दराम विश्वकर्मा रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सो दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिकृया