• २ असोज २०८३, शुक्रबार
  • ७ः४७ बेलुका

रविसहित ७ जनालाई अदालत उपस्थित गराइयो

प्रकाशित मिति

२०८१ पुष ११ गते, बिहीबार ११:४०

पुष ११, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ ।

National Life

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बयानका लागि जिल्ला अदालत कास्की पुर्‍याइएको हो ।

लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

रविसहितलाई आइतबार थप अभियोजन दर्ता भएपछि सोमबारदेखि बयान सुरू भएको हो । न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।

प्रतिकृया