सहकारी ठगी प्रकरण : छविलाई वीरगञ्ज पुर्याइयो, रविलाई आज लगिँदै
प्रकाशित मिति
२०८१ मंसिर २४ गते, सोमबार १०:५२
मंसिर २४, २०८१ काठमाडौँ: सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पर्सा लैजाने तयारी गरिएको छ । आज दिउँसो लामिछानेलाई हवाई मार्गबाट पर्सा लैजाने तयारी गरिएको हो ।
उनलाई बुद्ध एयरबाट काठमाडौं ल्याइने र सिधै वीरगञ्ज लैजान लागिएको प्रहरीले जनाएको छ । पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई वीरगञ्ज लैजान लागिएको हो ।
त्यस्तै गोरखा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी बण्जाडेलाई आइतबार नै स्थल मार्गबाट पोखरा पुर्याइएको छ ।
गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अर्बौँ रकम ल्याएर अपचलन गरेको आरोपमा रवि–छवि लगायत अन्य व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको हो ।
लामिछानेलाई गत कार्तिक २ गते बनस्थलीस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।
प्रतिकृया