• ५ साउन २०८३, मंगलबार
  • १२:१० बिहान

डोटीको बडिकेदार क्षेत्रमा पनि हिमपात

प्रकाशित मिति

२०८१ मंसिर २४ गते, सोमबार १०:३२

मंसिर २४, २०८१ काठमाडौँ: मौसममा आएको फेरबदलसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रहरुमा गएरातिदेखि हिमपात सुरु भएको छ । हुम्ला, डोटी, मुगु, बाजुर, बझाङसहितका जिल्लाको पहाडी र हिमाली क्षेत्रका उच्च भूमागमा हिमपात भएको हो।

डोटीको बडिकेदार क्षेत्र अशिले हमपातको कारण सेताम्मे भएको छ। डोटीको बडिकेदार गाउँपालिकामा हिउदे वर्षासँगै हिमपात भएको हो। हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन्। हिउँ परेपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास किसानहरुको छ।

Kamana Sewa

हिमपात भएको क्षेत्रमा चिसो थप बढेको छ। चिसो बढ्दा जनजीवन भने प्रभावित बनेको छ।

Classic Tech Desktop

प्रतिकृया