गायिका स्मिता दाहालले गरिन् बिहे
प्रकाशित मिति
२०८१ मंसिर २१ गते, शुक्रबार ०३:५१
मंसिर २१, २०८१ काठमाडौँ: गायिका स्मिता दाहाल बिहे गरेकी छिन् । बबरमहलका सायुज्य श्रेष्ठसँग उनी वैवाहिक बन्धनमा बाँधिएकी हुन्। शुक्रबार काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा उनीहरुको बिहेको समारोह चलिरहेको छ ।
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले यसैमहिना इन्गेजमेन्ट गरेका थिए। एमबीए अध्ययन गरेका सायुज्य व्यवसायी हुन्। स्मिताले भने अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छन् ।
स्मिता पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन्। उनकी आमा गंगा दाहाल प्रचण्डको स्वकीय सचिवका रूपमा कार्यरत छिन् ।
स्मिताका ‘मायालु तिमी कता छौ’ लगायतका गीतहरु हिट छन् ।
Related
Recent News
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
- एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
- सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
- सिंहदरबारमा विपक्षी दलको बैठक- तत्काल संसद बोलाउन दबाब दिने निर्णय
- भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँ : उपप्रमुख डंगोल
- काठमाडौँ अदालतमा रवि लामिछानेका पक्षमा थुनछेक बहस सुरु
प्रतिकृया